
जाहेरी दर्ता गर्न घुस लिने असईविरूद्ध भ्रष्टाचार मुद्दा


अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाहेरी दर्ता गर्न सेवाग्राहीसँग घुस लिने नेपाल प्रहरीका सहायक निरीक्षक (असई) विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
इलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत असई सचिनकुमार भदैसवारविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो।
जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
९ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएका उनीविरूद्ध अनुसन्धानको सिलसिलामा जाहेरी दर्ता गर्न घुस लिएको पुष्टि भएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
अख्तियारले उनीविरूद्ध घुस रकम बराबर बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र बिगोबमोजिम जरिवानाको मागदाबी लिएको छ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया