ताप्लेजुङको मेहेलेमा पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६, मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ। पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो।

उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए। पहिरो गएको बेला उनी घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए।

यस्तै मेहेलेका ७८ वर्षीय वृखबहादुर लिम्बू आज पहिरोमा परी गम्भीर घाइते भएका छन्। बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोमा परी घाइते भएका हुन्। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको कँडेलले बताए।

निरन्तरको वर्षासँगै बाढी र पहिरो जाँदा मेहेले, खेवाङ र सुरुम्खीका बासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्। उनीहरू अधिकांश स्थानीय नीलगिरि माध्यमिक विद्यालयमा बस्दै आएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *