खड्काकाे गगनलक्षित टिप्प्णी- अर्कालाई औंला ठड्याएर पार्टीमा रूपान्तरण हुँदैन

उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्न सके मात्रै पार्टीमा रूपान्तरण सम्भव हुने बताएका छन्। अर्कालाई औंला ठड्याएररुपान्तरण सम्भव नहुने उनको भनाइ छ।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औंला ठड्याएर परिवर्तन र रूपान्तरण सम्भव नरहेको जिकिर गरे।

पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको उनको भनाइ छ।

उनले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समयसापेक्ष दिशातर्फ जान सकिने बताए। पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर