
तीन करोड नेपालीको साझा लक्ष्य समाजवादी गणतन्त्र : झलनाथ खनाल


नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली जनताले वामपन्थी शक्तिलाई विगतमा दुई तिहाइ बराबरको मत दिएको भए पनि त्यसको नेतृत्वले बाटो बिराउँदा राजनीतिक उपलब्धि प्राप्त भए पनि आर्थिक रूपमा सबल बन्न नसकेको बताएका छन्।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
मुलुकको राष्ट्रियता सङ्कटमा रहेको, आर्थिक रूपमा समेत समस्यामा रहेको उल्लेख गर्दै उनले नेपाल र नेपाली जनताको समस्या समाधान गर्ने तथा देशभक्त तथा वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले मोर्चा आमूल परिर्तनको मोर्चा बनोस् भन्ने कामना गरे।
तीन करोड नेपालीको साझा लक्ष्य नै समाजवादी गणतन्त्र भएको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले जातीय, भाषिक, भौगोलिक तथा वर्गीय विभेदको अन्त्यका जरुरी रहेको बताए।
मोर्चा घोषणालाई पहिलो पाइला भएको उल्लेख गर्दै नेता खनालले परिवर्तनकारी शक्तिलाई एकै ठाउँमा उभिनका लागि आह्वान गरे। महिला, किसान, आदिवासी, जनजातिको समस्या समाधान गर्ने, आम जनतालाई सहज रूपमा स्वास्थ्य र शिक्षाका लागि परिवर्तकारी शक्ति एक ठाउँमा उभिनु जरूरी रहेको उनको भनाइ छ।
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
- मोरङमा आगलागी परी दुई बालबालिकाको मृत्यु, ८ घर नष्ट
प्रतिक्रिया