प्रधानमन्त्री सवार पाँचथर उडेको हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली सवार पाँचथर उडेको हेलिकोप्टर विराटनगरमा आकस्मिक अवतरण गरेको छ।

बाढी-पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न पूर्वी पहाडी जिल्ला पुगेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण पाँचथर अवतरण गर्न नसकेपछि विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरेको हो।

संखुवासभाको तुम्लिङटारबाट सोमबार दिउँसो पाँचथरतर्फ उडेको हेलिकोप्टर प्रतिकूल मौसमका कारण विराटनगरमा आकस्मिक अवतरण गरेको हो।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रतिकूल मौसमका कारण प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण गरेको जानकारी दिए।

यसअघि प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायत बाढी–पहिरो प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संखुवासभा पुगेका थिए।

त्यहाँ प्रधानमन्त्री प्रचण्डले बाढी-पहिरो प्रभावितको उद्धार, राहत र बेपत्ताहरूको खोजीमा कुनै कन्जुस्याइँ नगर्न जिल्लाका सरकारी संयन्त्रहरूलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर