वान एक्स बेट प्रकरण : ८ कलाकार र युट्युबरलाई थप ६ दिन हिरासतमा राख्न अनुमति
३ असार २०८० २०:०२
अनलाइन बेटिङ साइट ‘वान एक्स बेट’प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युबरलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो।
प्रहरीले वन एक्स बेट प्रवर्द्धन गरेको आरोपमा राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका कलाकार र युट्युबरलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया