
भ्रष्टाचारको रकम गोष्ठीका नाममा विदेशमा भुक्तानी भइरहेको छ : अख्तियार प्रमुख राई

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको रकम गोष्ठी वा अरू कुनै कार्यक्रमका नाममा अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुगेर भुक्तानी हुने गरेको बताएका छन्।
यस्तै विगतको जस्तो नभई रकम चौथो बिचौलियासम्म पुग्ने गरेको पनि उनको भनाइ छ।
राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा उनले सो कुरा बताएका हुन्।
प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्न आयोगले जिम्मेवार, जवाफदेही र उत्तरदायी भएर काम गरिरहेको पनि बताए।
सार्वजनिक जग्गा अतिक्रमण, सरकारी बजेट हिनामिना र राजस्व असुलीमा भ्रष्टाचार गर्ने तथा घुस लिने लगायतका प्रवृत्ति नियन्त्रण गर्न आयोग कटिबद्ध रहेको उनको भनाइ छ।
प्रमुख आयुक्त राईले कसैप्रति पूर्वाग्रह नराखी संवैधानिक जिम्मेवारी र अधिकार प्रयोग गर्दै भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन र समृद्धि हासिल गर्न केन्द्रित रहेको दृढता व्यक्त गरे।
भिडियाे :
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया