
समाजवादी मोर्चा साेमबार घाेषणा हुन्छ : राजेन्द्र पाण्डे

सत्तारूढ नेकपा (माओवादी केन्द्र) सहितका दलहरूले बनाउने भनेको समाजवादी मोर्चा साेमबार घाेषणा हुने भएकाे छ। १ असासरमै घाेषणा हुने भनिए पनि दलहरूकाे आन्तरिक तयारी नपुगेको स्थगित माेर्चा घाेषणा कार्यक्रम साेमबार हुने भएकाे हाे।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले मोर्चाको घोषणा ४ असारमा हुने बताएका हुन्।
चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले माेर्चा घाेषणाका लागि दलहरूबीचकाे छलफललाई तीव्रता दिइएको जानकारी दिए।
उपाध्यक्ष पाण्डेका अनुसार सरकारमा देखिएको अस्थिरता रोक्नका लागि मोर्चा गठनको पहल एक वर्षअघिदेखि नै सुरु भएकाे थियाे।
मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ। यसमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि समेट्ने तयारी छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया