पाकिस्तानी दूतावासको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

दूतावासले शनिबार नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) को सहकार्यमा सिद्धेश्वर आधारभूत विद्यालय, किटिनी-३, गोदावरी, ललितपुरमा १८ औं निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।

शिविरकाे दूतावासका वरिष्ठ अधिकारी उमैर अली, नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) की अध्यक्ष डा. मञ्जुरत्न शाक्य, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र गोदावरी नगरपालिका-३ का वडाध्यक्ष राज घिमिरेले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

शिविरमा नेपाली चिकित्सक र प्यारामेडिकल स्टाफ (पाकिस्तानका विभिन्न मेडिकल संस्थानहरूबाट स्नातक गरेका) हरूले नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए। चार सयभन्दा बढी पुरुष, महिला र बालबालिकालाई नि:शुल्क उपचार र तीन महिनाको औषधि वितरण गरिएको थियो ।

दूतावासका वरिष्ठ अधिकारी अलीले निः शुल्क स्वास्थ्य शिविर पाकिस्तान र नेपालबीचको घनिष्ठ सम्बन्धको प्रतिबिम्बको रूप रहेको बताए। उनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी मानव सेवा गर्ने भावनालाई जोगाएकोमा एनपीएफसीए, चिकित्सक र प्यारामेडिकल स्टाफलाई धन्यवाद दिए।

उनले भविष्यमा पनि यस्ता स्वास्थ्य शिविरहरू आयोजनामा पाकिस्तानको निरन्तर सहयोग रहने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *