नक्कली भुटानी शरणार्थी प्रकरण : खाण र रायमाझीसहित १६ जना कारागार चलान

पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना जेल चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतले उक्त प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनीहरू जेल चलान भएका हुन्। उनीहरूलाई प्रहरीले एउटै भ्यानमा राखेर केन्द्रीय कारागार लगेको हो।

अदालतले पक्राउ परेकामध्ये टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई ५ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ जना पक्राउ परेका थिए। १२ जना भने फरार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर