अविलम्ब विषयगत समिति सभापति चयन गर्न सांसदहरूको माग

सांसदहरूले अविलम्ब समिति सभापति चयन गर्न माग गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूमा हालसम्म सभापतिको चयन हुन सकेको छैन। हाल समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहेका छन्।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसदहरूले निर्वाचित समिति सभापति नहुँदा समितिका कामकारबाहीहरूमा अपm्ठ्यारो परेको भन्दै छिटोभन्दा छिटो समिति सभापति चयन गर्न माग गरेका हुन्।

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले समिति सभापति चयन नगर्दा समिति र संसदले तीव्र गतिले काम गर्न नसकेको बताए। उनले गठबन्धनका नेताहरूले भागबण्डा गर्न ढिलाइ गर्न नहुने र समिति सभापति चयन हुनुपर्नेमा जोड दिए।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले समिति सभापति नहुँदा समितिको काममा प्रभाव परेको बताए। उनले कतिपय विषय सभापति आएपछि गर्ने भनेर पनि राखिएको बताए। उनले बजेट पास भएपछि समिति सभापति चयन हुने बताए।

नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले यतिका दिनसम्म समिति सभापति चयन हुन नसक्नु अनुत्तरदायी र गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए। उनले सत्तापक्षको कारण सभापति चयन हुन नसकेको उल्लेख गर्दै सत्तापक्षलाई गम्भीर बन्न आग्रह गरे।

नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले अविलम्ब सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सभामुखलाई आग्रह गर्नुभयो । अनन्तकालसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्न नहुने उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले समितिको कामलाई प्रभावकारी बनाउन समिति सभापति चाँडै चाहिएको बताए।

जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गरिरहेको उल्लेख गर्दै समितिको प्रभावकारिता ज्येष्ठ सदस्यको इच्छाशक्तिमा भर पर्ने बताइन्। यद्यपि हालसम्म समितिको काम नरोकिएको उनको भनाइ छ।

उनले समिति सभापति चाँडै चयन हुने विश्वास व्यक्त गरिन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर