उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका राजदूतबीच भेटवार्ता

बंगलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।

राजदूत चौधरीलाई मन्त्रालयमा स्वागत गर्दै नेपाल र बंगलादेशबीचको सधैंको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोसेढुंगा साबित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए।

साथै दुईदेशबीच व्यापार सम्झौतामा समेत काम भइरहेको आफूले बुझेको उनले बताए।

राजदूत चौधरीले पनि द्वीपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत् प्रशारण लाइन कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।

यस विषयमा निकै नै फलदायी छलफल भएको र दुई देशको व्यापार मन्त्रालयले समेत व्यापार सहजीकरण सम्बन्धमा काम गरिरहेको राजदूत चौधरीले बताए।

भेटमा बंगलादेशी राजदूतावासले २३ जुनमा कला प्रदर्शनीको आयोजना गर्न लागेकोमा उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुन उपप्रधानमन्त्री श्रेष्ठलाई राजदूत चौधरीले आग्रह गरे।

जवाफमा निमन्त्रणाका लागि कृतज्ञता व्यक्त गर्दै समयको उपलब्धता हेरेर उपस्थितिबारे जानकारी गराउने उपप्रधानमन्त्री श्रेष्ठले बताए।

विश्व मातृभाषा दिवसको सन्दर्भमा जुन २३ मा ‘लभ एन्ड ल्याङ्वेज’ शीर्षकमा हुने कला प्रदर्शनीमा नेपालका ३५ कलाकारहरूको समेत कला प्रदर्शन हुने जानकारी गराइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर