‘नागरिकलाई अनागरिक नबनाऔं’

प्रतिनिधिसभा सदस्य रेखा यादवले नेपाली नागरिकहरूलाई नागरिकता नदिएर अनागरिक नबनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्य यादवले देशभित्रका नागरिकहरूलाई अनागरिक नबनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।

उनले काठमाडौंको माइतीघरमा आन्दोलनरत निरज कामतले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गरेको उल्लेख गर्दै उनले आगामी दिनमा आत्मदाह गर्ने बाटोमा नपुर्‍याउन माग गरिन्।

प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले केही दिनअघि सर्लाहीमा किसानले पालेको ४२ वटा खसी प्रहरीलाई खसी नदिएको झाेँकमा चोरीपैठारीको भनेर भन्सा र पठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले मुस्लिम समुदायले पालेको उक्त खसी आफैं पालेको भए पनि प्रहरिले रिसइबी साँधेर फसाइएको उल्लेख गरे। उनले नियन्त्रणमा लिइएको खसी फिर्ता गर्न माग गरे।

उनले सरकारले किसानलाई गाई, भैंसी र बाख्रापालनका लागि प्रोत्साहन गर्नुपर्ने बताए।

त्यसैगरी आकस्मिक समयमै बोल्दै प्रतिनिधिसभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरूले विभिन्न जिल्लाहरूमा आन्दोलन गरिरहेको भए पनि सरकारले ध्यान नदिएको बताए।

उनले समस्या समाधानका निम्ति पहल नभएमा नागकिताबाट वञ्चित नागरिकहरूले सामूहिक आत्मदाह गर्ने अवस्था आउन सक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे।

उनले नेपाली नागरिकले नागरिकता लिनु अपराध नभएको बताए। उनले नागरिकताबाट वञ्चितहरूलाई गोली हानेर धपाउन वा नागरिकता दिन आग्रह गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *