‘वान एक्स बेट’ मा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ

‘वान एक्स बेट’ नामक प्रतिबन्धित अनलाइन बेटिङ एपमार्फत अवैध कारोबार गरेकाे आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन्।

सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा उनीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार वान एक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गर्ने गरेको आरोपमा ‘बल्छी ध्रुबे’ नामले परिचित कलाकार मरिचमान श्रेष्ठसमेत पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

पक्राउ परेका उनीहरूले युट्युबमार्फत वान एक्स बेटको विज्ञापन गरेको आरोप छ।

उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीले जनाएको छ।

कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षित गर्ने गरेको भन्दै कार्यालयले अपरेशन चलाएको हो।

अपरेशन चलाएर बुधबार मात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर