
धनुषामा ७० हजार रूपैयाँ घुससहित वडाध्यक्ष र सचिव पक्राउ

धनुषाको नगराईन नगरपालिका वडा नं. २ का वडाअध्यक्ष वुलन यादव र वडासचिव अमृतनारायण मिश्र ७० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।
सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई बुधबार नगराईन नगरपालिका वडा नं. २, नगराईन चोकबाट नियन्त्रणमा लिइएको अख्तियार केन्द्रीय कार्यालयका प्रवक्ता भोला दाहालले जानकारी दिए।
दाहालका अनुसार घुस लिइसकेको अवस्थामा पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
घुससहित पक्राउ वडाध्यक्ष यादव गत वर्ष वैशाखमा सम्पन्न स्थानीय चुनावमा लाेकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका हुन्।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया