
माइतीघरमा आज पनि नागरिकताविहीनहरूको प्रदर्शन

नागरिकताविहीन संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ। बुधवार काठमाडौंको माइतीघर मण्डलामा समितिले नागरिकताविहीनहरूलाई नागरिकता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकका विरुद्ध सर्वोच्चमा रिट दायर भएदेखि उनीहरू निरन्तर आन्दोलनमा छन्। उनीहरूले सरकारले नागरिकता नदिएसम्म काठमाडौंमा नै आन्दोलन गर्ने चेतावनी दिएका छन्।
उनीहरूले सर्वोच्च अदालतले आफूहरूलाई न्याय नदिएसम्म काठमाडौंमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया