तनहुँमा बोराभित्र शव भेटिएकी महिलाको पहिचान खुल्यो, एक जना पक्राउ

तनहुँको व्यास नगरपालिका-४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र शव फेला परेकी महिलाको सनाखत भएको छ ।

मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेला परेकी अन्दाजी २५-३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका-१४, छाब्दी निवासी रहेको जानकारी दिए । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनले भने, ‘लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।’

अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ परेका व्यक्तिको नाम अहिले सार्वजनिक नगरिएको प्रनाउ खाणले बताए । बोराभित्र हात बाँधिएको अवस्थामा ती महिलाको शव फेला परेको थियो । उक्त बाटो हिँडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर