पाेखरामा वन रक्षकका दुई जना नक्कली परीक्षार्थी पक्राउ

पोखरामा अर्काको नाममा वन रक्षकको परीक्षा दिने दुई जना पक्राउ परेका छन्।

मंगलबार पोखरा महानगरपालिका-१५, फूलबारीस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र परिसरभित्र सञ्चालन भएको वन रक्षकको परीक्षामा सहभागी उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-९, वयलकाटिया बस्ने १८ वर्षका एक किशोर र सिन्जा गाउँपालिका-३, लुम बस्ने २५ वर्षीय पदम बुढा छन्।

प्रहरीका अनुसार उनीहरू लोकसेवा आयोगको खुल्ला तथा समावेशी प्रदेश वन, सेवा, जनरल फरेष्ट्री समूह, सहायक तेस्रो तह, वन रक्षक पदको परीक्षामा सहभागी भएका थिए।

शारीरिक तन्दुरुस्ती (शारीरिक परीक्षण, दौड, रुख चढ्ने र पौडी) परीक्षामा सहभागी परीक्षार्थीहरूका कागजात चेकजाँच गर्ने क्रममा उनीहरूले सक्कली परीक्षार्थीको नागरिकतामा आफ्नो तस्बिर टाँसेर परीक्षा दिएको भेटिएको हो।

पक्राउ परेका उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर