तनहुँमा बोराभित्र सडेको अवस्थामा भेटियो महिलाको शव

तनहुँको व्यास नगरपालिका-४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ ।

उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा प्रनाउ खाणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

उनले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।’

व्यास नगरपालिका-४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । ‘शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,’ प्रनाउ खाणले भने ।

उक्त बाटो हिँडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर