‘एसईई प्रिन्सेस-२०२३’ को ताज प्राश्ना श्रेष्ठलाई (तस्बिरहरू)

सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसईई प्रिन्सेस-२०२३’ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन्। विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षिया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी छिन् भने विधागत अवार्डतर्फ मष्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भइन्।

त्यसै गरी फर्स्ट रनरअप अदिती शर्मा भइन् भने उनले विधागत अवार्डतर्फ पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन्। सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन् भने उनले विधागत अवार्डतफ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन्। थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् भने उनले भोटिङमार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन्। फोर्थ रनरअपको ताज प्रतिष्नाले कार्की जित्न सफल भइन् भने उनले विधागत अवार्डतर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन् ।

त्यसै गरी अन्य विधागत अवार्डतर्फको सिन्सियर सजना तामाङ, हम्बल प्रशंसा लिम्बू, अनेष्ट आर्सी मर्हजन, प्रिटी श्रीयुती भण्डारी, बेष्ट स्माइल सुमिता महतो, हार्ड वर्किङ कामनाकुमारी खड्का, फोटोजेनिक विशाखा तामाङ, इनोसेन्ट सैयुजा कुँवर , फ्रेण्डसिप एन्जल मर्हजन , स्टाइलिस सलिनता गुरुङ, बेष्टवाक अनु खड्का, कन्फिडेन्ट अश्लेसा सिटौलाले जिते।

प्रतियोगिताको उद्घाटन संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री अमनलाल मोदीले गेरका थिए। उक्त कार्यक्रममा प्रतियोगीहरूलाई हौसला दिँदै मन्त्री मोदीले यस्ता कार्यक्रमले छात्राहरूको व्यत्तित्व विकास, नेतृत्व विकास र अनुशासित र निर्डर बनाउनमा सहयोगी भूमिका खेल्ने बताए।

प्रतियोगिताको निर्णायकमा साउथ वेस्टर्न स्टेट कलेजकी इन्टरनेशनल प्रोग्राम कोअर्डिनेटर सरिता शाक्य प्रधान, नेपाल एयर होस्टेस एकेडेमीकी मुख्य प्रशिक्षक नितु थापा, मिसेस ब्युटी क्वीन विजेताहरू शान्ति लिम्बू र लसता शाक्य, सञ्चारकर्मी श्रद्धा अर्याल, काठमाडौं फोटोग्राफर एसोसिएसनका अध्यक्ष डिगम्बर राजवंशी, फेशन डिजाइनर निशा श्रेष्ठ रहेका थिए।

उक्त प्रतियोगितामा सहभागी भएर विजेता हुने प्राश्ना श्रेष्ठले ‘नामी कलेज एसईई प्रिन्सेज-२०२३’ कोे ताज र उपाधिसहित नामी केलेजको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाखको छात्रावृत्ति साथै नेपाल एयर होस्टेस एकेडेमीको तर्फबाट स्कलरसिप, इमब्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यानलगायत विभिन्न उपहार हात पारिन्।

त्यस्तै गरी फर्स्ट रनरअप र सेकेण्ड रनरअपले पनि नामी कलेज र साउथ वेस्टर्न स्टेट कलेज, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, स्वस्तीश्री आईबी वर्ल्ड स्कुल रेडन कलेजमा १ लाख बराबरको छात्रावृत्ति साथै नेपाल एयर होस्टेस एकेडेमीको तर्फबाट स्कलरसिप, इमब्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यानलगायत विभिन्न उपहार प्राप्त गरेका छन्।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *