पौडी खेल्ने क्रममा डुबेर शिक्षकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ।

देवचुली नगरपालिका-१५, प्रगतिनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका-१४, बतासास्थित अरुणखोलाको मुखेढुंगा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका-१० स्थित जनता माध्यामिक विद्यालयका शिक्षक हुन्। अत्यधिक गर्मी भएपछि सुवेदीसहित स्कुलका सात जना शिक्षक पौडी खेल्न खोलामा गएका थिए।

साथै गत शनिबार जिल्लाको गैंडाकोट नगरपालिका-३, केलादीस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ। नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका-१०, जनजागृति टोलका सूरज सुवेदी (शर्मा) को शव फेला परेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी पाठकले बताए।

नदीमा डुबेर बेपत्ता भएका गैंडाकोट नगरपालिका–२, शिलान्यास चोकका २५ वर्षीय रमेश चालिसेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *