
शाैचालय निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्वप्रधानाध्यापकविरुद्ध मुद्दा


कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका पूर्वप्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएकाे छ।
विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार गरेकाे ठहरसहित उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे।
उनले विद्यालयको शौचालय निर्माण गर्नका लागि निकासा भएको रकम र विद्यालयको अक्ष कोषको रकम हिनामिना गरेको अख्तियार दाबी छ।
पौडेलविरुद्ध शौचालय निर्माणाका लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षयकोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेक आरोप रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
प्रतिक्रिया