संसदमा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसदमा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले राप्रपा प्रमुख सचेतक शाहीले संसद बैठकमा अराजकता देखाएको बताएका हुन्।

उनले यो संसदले राजतन्त्रलाई नचिन्ने भन्दै शाहीलाई संविधान र गणतन्त्र मान्न आग्रह गरे। उनले संसद राजसंस्थाको पैरवी गर्ने ठाउँ नभएको भन्दै रत्नपार्क र जुम्लामा गएर राजसंस्थाको पक्षमा आमसभा गर्न आग्रह गरे।

सांसद दाहालले शाहीले प्रतिनिधिसभा बैठकको अन्तिममा नियमापत्ति गरेर आफ्नो कुरा राखेकोप्रति असन्तुष्टि व्यक्त गरे। नियमापत्तिभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै उनलेसंसदीय नियमावलीभन्दा बहिर गएर बोलेको उल्लेख गरे।

सभामुखले समेत नियमावलीभन्दा बाहिर गएर शाहीलाई बोल्न दिएको उनको भनाइ छ। उनले संसद बैठक सञ्चालन गर्न सभामुखले कमजोरी गरिरहेको भन्दै आफ्नो कमजोरी सच्याउन पनि आग्रह गरे।

सांसद दाहालले जनताको खबरदारीका कारण प्रतिपक्षी नेकपा (एमाले) नागरिकता विधेयकलाई स्विकार्ने अवस्थामा पुगेको उल्लेख गरे। उनले बजेटको न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिए।

उनले मानव विकास सूचकांकमा जुन जिल्ला र पालिकाहरू पछि परेका छन् सोही आधारमा बजेट विनियोजन गर्नुुपर्ने बताए। उनले सरकारले पहुँचमुखी र मन्त्रीमुखी बजेट नल्याई आवश्यकता र उपयोगिताका आधारमा बजेट ल्याउने बताए।

उनले पशुपतिनाथ मन्दिरको जलहरीमा भएको अनियमितता छानबिन नभएसम्म यो विषय नमर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर