आगामी वर्षदेखि बिहान १० बजे बजेट घोषणा गरौं : सांसद गिरी

नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले भारतको तत्कालीन कम्पनी सरकारको सिको गर्दै नेपालमा पनि दिउँसो ४ बजे बजेट घोषणा गरिएको भन्दै आगामी आर्थिक वर्षदेखि बिहान १० बजे घोषणा गर्नुपर्ने बताएका हुन्।

तत्कालीन भारतमा कम्पनी सरकार रहँदा अपराह्न ४ बजे घोषणा गर्नुको रहस्य इंग्ल्याण्डमा बिहान १० बजेको हुने र ब्रिटिशहरूलाई उपयुक्त समय पारिएको भन्दै नेपालले त्यो कुराको सिको गरिरहनु आवश्यक नभएको उनले बताए। आगामी वर्षदेखि दिउँसो ४ बजे गर्नु नहुने उनको भनाइ छ।

उनले जो अर्थमन्त्री बन्छ उसले आफ्नो क्षेत्रमा मात्रै बढी बजेट लाने गरेको उल्लेख गर्दै जिल्लाहरूको न्यूनतम आवश्यकता अध्ययन गरेर मात्रै बजेट पठाउनुपर्ने बताए। उनले सांसदहरूको कुनै हैसियत नभएको भन्दै आफूलाई झोले सांसदको संज्ञा दिए।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसदहरूलाई वडाअध्यक्षको स्तरमा पुर्‍याइदिएको भन्दै शाहलाई सलाम अर्पण गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर