
प्रतिनिधिसभा बैठक [LIVE]

प्रतिनिधिसभाको बैठक जारी छ। आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची छ। अर्थमन्त्री डा. महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसदमा प्रस्तुत गर्ने कार्यसूची छ।
त्यस्तै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको वरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने समेत आजको कार्यसूचीमा राखिएको छ।
प्रतिक्रिया