हेटौंडामा झुन्डिएको अवस्थामा मृत भेटिए वृद्ध दम्पती

मकवानपुरको हेटौंडामा वृद्ध दम्पती मृत फेला परेका छन्। हेटौंडा उपमहानगरपालिका-१, चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवै जना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *