संसदमा अर्थमन्त्री नदेखिएपछि रास्वपाको विरोध, १५ मिनेटका लागि बैठक स्थगित

प्रतिनिधिसभा बैठकको बैठक स्थगित भएको छ। बजेटमाथीको छलफलमा अर्थमन्त्री नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका थिए। अर्थमन्त्री डा. प्रकाशशरण महतको खोजी गर्दै उठेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

रास्वपाका सांसद्हरुले बजेटमाथिको छलफल हुँदा अर्थमन्त्री पनि हुनुपर्ने आवाज उठाएपछि सभामुख देवराज घिमिरले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। अर्थमन्त्री डा. महत भने अहिले राष्ट्रियसभामा बोलिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर