घनश्याम भुसालका बुवाकाे निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उनीप्रति श्रद्धासुमन अर्पण गरेका हुन् ।

उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिलसमेत गरेका छन् ।

भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै निधन भएको थियो । उनी सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर