राष्ट्रिय महिला भेला गर्दै निजामती कर्मचारी संगठन

नेपाल निजामती कर्मचारी संगठनले राष्ट्रिय महिला भेला गर्ने भएको छ। संगठनले जेठ २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महिला भेलाको आयोजना गरेको हो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजना र केन्द्रीय महिला विभागको व्यवस्थापनमा ‘समता र सशक्तीकरण : सेवामा सबलीकरण’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय भेलाको आयोजना गरिएको हो।

संगठनका अध्यक्ष लेखनाथ कोइरालाले भेलामा देशभरबाट करिब ५०० प्रतिनिधिहरूको उपस्थिति हुने बताए। भेलाको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उनले जानकारी दिए। त्यस्तै भेलामा प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सदस्यहरूसमेतको उपस्थिति हुने उनको भनाइ छ ।

कार्यक्रममा सरकारी निकायका उच्च पदमा पुग्ने राजनैतिक नेतृत्वमा महिलाहरूको अवस्था, सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति, समस्या, भावी लक्ष्यसहित विभिन्न पक्षहरूमा छलफल तथा बहस हुने जनाइएको छ। भेलामा श्रींलका, बंगलादेश, भारतलगायतका देशबाट विदेशी पाहुनाहरू पनि आउने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर