बजेट सुधार नगरे मुलुकमा द्वन्द्व सिर्जना हुन सक्छ : उपेन्द्र यादव

‘नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको पालना गर्नुभयो’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको पालना गरेको बताएका छन्।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन्।

उनले राष्ट्रपतिले संविधानको रक्षा गरेको पनि बताए। उनले नागरिकको सन्तानलाई नागरिकता नदिएर अन्याय गरिएको पनि बताए।

उनले बजेट सुधार नगर्ने हो भने देशक लागि नै दुर्भाग्य हुने र मुलुकमा द्वन्द्व सिर्जना हुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर