सरकारले बजेटमा जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले बजेटमा जनताको हितलाई प्राथमिकतामा राख्न नसकेको बताएका छन्।

बुधबार राष्ट्रियसभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उनले सरकारले ४ करोड कित्तामा विभाजित कृषि भूमिलाई तीव्र गतिमा विभाजित गरी कित्ताकाटलाई तुरुन्त लागू गर्ने उल्लेख गर्नु नै वर्तमान सरकार जनताको हितमा ध्यान दिनबाट चुकेको छ भन्ने कुराको पुष्टि हुने बताए। उनले कृषि उत्पादन तथा व्यवसायीकरण र औद्योगीकरण प्राथमिकतामा पर्नुपर्ने बताए।

उनले बजेटले कृषि क्षेत्रमा रहेका जनताको दयनीय अवस्था देख्न नसकेको बताए। उनले बजेटबाट सरकारले राष्ट्रिय बजारको संरक्षण र अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गर्न नसकेको बताए।

सदस्य गौतमले सरकारले ल्याएको बजेटले एक वर्षपछि नेपाली जनतालाई निराश तुल्याउने बाहेक अन्य काम गर्न नसक्ने दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर