सभामुखले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेर बैठक चलाएको आरोप

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले केही दिनअघिको बैठकमा प्रधानमन्त्रीलाई रोष्टममा उभ्याएर अन्य सदस्यहरूलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको बताएका हुन्।

उनले साभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार दिएको भन्दै आलोचना गरे। उनले प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर बैठक सञ्चालन गर्न आग्रह गरे।

सांसद दाहाललले देशमा एकाएक वर्तमान सरकार आएपछि मात्रै बेथिति नआएको बताए। उनले बेथिति र समस्याहरूको चाङमा विगतमा सरकारको नेतृत्व गरेको प्रतिपक्ष दल एमालेको पनि सहभागिता रहेको उल्लेख गरे।

उनले देशमा भएका समस्याहरूको सबै मिलेर स्वामित्व लिनुपर्ने र मिलेर नै बेथिति, अराजकता र अनुशासनहीनताको अन्त्य गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर