नेपाली भूमिसहितको नक्साबारे भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्साबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो विषयमा आफूले भारतीय पक्षसँग गम्भीरतापूर्वक कुरा उठाएको स्पष्टीकरण दिएका हुन्।

प्रधानमन्त्री दाहालले यसबारे आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रूपमा नहेर्न जवाफ आएको पनि बताए।

‘पहिलो कुरा संसदको नक्साबारे कुरा भयो। मैले गम्भीर रूपमा नै उठाएँ। किनकि त्यो धेरे अध्ययन भइसकेको त थिएन तर पनि जसरी मिडियामा आएको थियो। त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ,’ उनले भने, ‘यो के हो नयाँ संसद भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरूले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिएँ। यो कुनै राजनीतिक नक्सा होइन, यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो। यसलाई राजनीतिक रूपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो।’

सो विषयमा अझ बढी अध्ययन र छलफल गर्ने कुरा बाँकी नै रहेको उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर