निश्चित घरानालाई कर छुट दिने गरी बजेट ल्याइयो : ठाकुर गैरे

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले निश्चित घरानालाई करमा छुट दिने गरी सरकारले बजेट ल्याएको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा लिँदै उनले आफैंले प्रस्तुत गरेको नीति, कार्यक्रम र सिद्धान्तविपरीत अर्थमन्त्री प्रकाशशरण महतले बजेट ल्याएको भन्दै यसले सबै क्षेत्रलाई निराश बनाएको बताए।

सांसद गैरेले सरकारले ल्याएको बजेटलाई ‘जबरजस्ती फुकेको बेलुन’ सँग तुलना गर्दै कुनै पनि दिन फुट्ने र देश बर्बाद हुने बताए।

सांसद गैरेले सबै जिल्लालाई समानुपातिक ढंगले बजेटको व्यवस्था नगरे सरकारविरूद्ध संसद भवनमै आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर