प्रधानमन्त्री नेपालको इतिहासमै संसदमा निरीह बन्नुभयो : योगेश भट्टराई

नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा निरीह बनेको बताएका छन्। सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बनेको बताए।

उनले प्रधानमन्त्रीले नागकिरता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताए। उनले अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रस्तुत गरेको बताए।

उनले प्रधानमन्त्रीले संसदलाई ढाँट्न नमिल्ने पनि बताए। सांसद भट्टराईले प्रधानमन्त्री दाहालले मुलुकलाई विवादित बनाएको आरोप लगाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर