‘भैंसीसँग मुलुक बेच्न पाइँदैन’ भन्दै एमाले सम्बद्ध जनवर्गीय संगठनको विरोध प्रदर्शन

नेकपा (एमाले) सम्बद्ध २३ जनवर्गीय संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। सोमबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

नागरिकता विधेयक खारेजी, भ्रष्टाचारीलाई कारबाहीलगायतको माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले ‘राष्ट्रघात अक्षम्य अपराध’, ‘असंवैधानिक नागरिकता विधेयक खारेज गर’, ‘भैंसीसँग मुलुक बेच्न पाइँदैन,’ ‘भैंसीसँग राष्ट्रियता साट्न पाइँदैन’, ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर