वातावरण मैत्रीपूर्ण बनाउन आफैंबाट सुधार जरूरी : मन्त्री महतो

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैंबाट सुधार गर्न जरूरी रहेको बताएका छन्।

सोमबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्दै उनले सो कुरा भनेका हुन्।

उनले प्रदूषणलाई कम गरी मैत्रीपूर्ण वातावरण बनाउन आफूबाट नै सुधारका काम थाल्न जरूरी रहेको बताए। उनले सबै नेपाली नागीरकहरूले फोहर गर्दिनँ भन्ने प्रण गर्न आवश्यक रहेको बताए।

उनले अहिले विश्वको चुनौती भनेको जलवायु परिवर्तनको समस्या निर्मूल पार्नु रहेकाले नेपालबाट नै यसको थालनी गर्नुपर्ने बताए। उनले हरेक नेपालीहरूले आफ्नो जन्मदिनमा एक बिरूवा रोप्दै जाने हो भने देश हराभरा हुने बताए।

मन्त्री महतोले प्लाष्टिकजन्य पदार्थको कम प्रयोग गरी पृथ्वी र प्रकृति बचाउन आवश्यक रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर