पुरातात्विक मूर्ति चोरी गरी फरार प्रतिवादी पक्राउ

प्रहरीले पुरातात्विक मूर्ति चोरी गरी फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। ललितपुरको ललितपुर महानगरपालिका-२० बस्ने ६९ वर्षीय तीर्थ डंगोल पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई खोजतलासका शुक्रबार भक्तपुरको सूर्यविनायक आदर्शचोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

मानबहादुर मगरसमेत संलग्न पुरातात्विक मूर्ति चोरी मुद्दामा जिल्ला अदालत ललितपुरले २०७४ वैशाख २५ गते डंगोललाई २ वर्ष कैद हुने फैसला गरेको थियो। उक्त फैसला उच्च अदालत पाटनले सोही वर्ष फागुन १५ गते सदर गरेको थियो।

पक्राउ परेका डंगोललाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर