राजेन्द्र लिङ्देनको प्रश्न- प्रधानमन्त्री भारत जानु केही घण्टाअघि नागरिकता विधेयक किन प्रमाणीकरण गर्नुपर्‍याे?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भारतको नयाँ संसद भवनमा राखिएको भारतको नक्सामा समावेश गरिएको नेपाली भूमिबारे संसदको रोष्टममा आएर जवाफ नदिएसम्म संसद बैठक चल्न नदिने उनको चेतावनी छ।

नेकपा (एमाले) ले प्रतिनिधिसभा बैठक अवरोध गरेपछि अध्यक्ष लिङ्देनले पनि बोल्नका लागि समय पाएका थिए। त्यस क्रममा उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा घोर आपत्ति जनाउँदै त्यसलाई तत्काल संसदमा ल्याएर प्रक्रिया अघि बढाउन पनि सरकारसँग माग गरे।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु केही घण्टाअघि मात्रै किन त्यो विधेयक प्रमाणीकरण गर्नुपरेको भनी सरकारलाई प्रश्नसमेत गरे।

अध्यक्ष लिङ्देनले सत्ता स्वार्थका लागि त्यस ढंगले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम आफ्नो पार्टीलाई सैह्य नहुने पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर