
प्रधानमन्त्री प्रचण्डले उज्जैनको महाँकालमा १०८ किलो रूद्राक्षले पूजा गर्ने

नयाँ दिल्ली/
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार उज्जैनकाे महाँकाल मन्दिरमा एकसय आठ किलाे रूद्राक्षले विशेष पुजा गर्ने भएका छन् । उनी बिहान ११ बजे मन्दिरमा पुग्नेछन् ।
उनले १२ ज्योतिर्लिङ्ग मध्ये एक मानिने सो महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नेछन् ।
काठमाडाैंबाट ल्याएको विशेष प्रकारको १०८ किलो रूद्राक्षले पूजा अर्चना गर्नेछन् ।
नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’का कारण महाँकाल मन्दिर दर्शन सम्बन्धी व्यवस्थामा परिवर्तन गरि ६ घन्टासम्म सर्वसाधारणलाई पुजाअर्चनामा रोक लगाइएको छ ।
यस क्रममा शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनहरुलाई प्रवेश निषेध गरिएको हो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
मध्य प्रदेश स्थित महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्ड पुग्ने भएपछि मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
- त्रिशूली दुर्घटना : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु, बेपत्ताको खोजी जारी
- अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल
- धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत नियुक्त
- ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
Communist man6e le puja garne? gabaj 6 Mahadev ko mahima