बजेट २०८०/०८१
२० वटा संस्थान र समिति खारेज
१५ जेठ २०८० १७:१६
सरकारले २० वटा सार्वजनिक संस्थान र समिति खारेज गर्ने भएको छ ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ले दिएको सुझावलाई क्रम कायन्वयन गर्ने र २० वटा संस्थाहरु खारेज गर्ने बताए ।
क्षेत्राधिकारका आधारमका प्रदेश तथा स्थानिय तहबाट व्यवस्थापन गर्न उपयुक्त हुने समितिहरू तत् तत् तहमा हस्तान्तरण गर्ने उनले बताए ।
खारेजी हुने, गाभिने र पुनर्संरचना र हस्तान्तरण गर्ने निकायको विस्तृत विवरण अनुसूचीमा रहेको उनले बताए ।
प्रतिक्रिया