रेशम चौधरी रिहा भएपछि समर्थक भन्छन्- भूमिपुत्रको जित भयो
कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय कटाइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरू खुसी देखिएका छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाई रिहा भएसँगै उनका समर्थकहरू उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए।
चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघरमा गई आफ्ना समर्थकहरूसँग भेट गरेका छन्। माइतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरूको भिड देखिन्थ्यो।
स्वागत र समर्थनमा माइतीघर मण्डलामा पुगेका देवराज लामाले टीकापुर घटनाका वास्तविक अपराधीहरूलाई उम्काइएको र निर्दोषलाई फसाइएको उनले बताए।
उनले चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै अहिलेसम्म पनि टीकापुर घटनाका वास्तविक दोषीहरूलाई पक्राउ नगरिएको बताए। उनले आफूहरू अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे।
समर्थकहरूले विरोधका लागि विरोध गर्ने संस्कृति बढिरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए। उनले रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको बताए।
प्रतिक्रिया