
रेशम चौधरीसहित १९ कैदीलाई आममाफी, ४८२ कैदीको सजाय मिनाहा

सरकारले टीकापुर हत्याकाण्डका मुख्य योजनाकारको रूपमा जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिएको छ।
गणतन्त्र दिवसरको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जना कैदीलाई आममाफी दिएका हुन्।
यसअघि आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखि लागू हुने गरी उनीहरूलाई आममाफी दिइएको हो।
यस्तै सरकारले ज्येष्ठ नागरिकसहित ४८२ जना कैदीको बाँकी सजाय मिनाहा गरिदिएको छ।
रमेश थलङ भन्ने हेमबहादुर थलङ (लिम्बू) समेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसहित ७ जना गरी जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय राष्ट्रपतिले मिनाहा गरिदिएका हुन्।
प्रतिक्रिया