
सिमानाबारे सधैं मौन रहे भावी पुस्ताले नेपाल ‘भूगोल’ मा होइन ‘गुगल’ मा खोज्नुपर्छ : नवल खड्का


चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाल र भारतबीच रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिन नहुने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिनु नमिल्ने बताएका हुन्।
उनले राजनीतिक दलका नेताहरूलाई रोजीरोटीको सम्बन्धमा छ भन्दैमा देश नै दाइजोमा दिने अधिकार नरहेको बताए। उनले खुला सिमानाका कारण नेपालले विभिन्न समस्याहरू झेलिरहेको उल्लेख गर्दै अब जंगे पिल्लरलाई आधारस्तम्भ मानेर भएको जमिन बचाउन सिमानामा काँडेतार लगाउनुपर्ने बताए।
उनले चलचित्र काँडेतारको सन्देश पनि सिमानामा काँडेतार लगाउनुपर्ने रहेको बताए।
अध्यक्ष खड्काले सिमानाको बारेमा सधैं मौन रहने हो भने भावी पुस्ताले नेपाल भूगोलमा नभई गुगलमा खोज्नुपर्ने बेला आउने बताए।
प्रतिक्रिया