
चरा ठोक्किएको आशंकामा काठमाडौं फर्कियो बैंग्लोर उडेको नेपाल एयरलाइन्सको जहाज

काठमाडौंबाट भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज फर्किएको छ।
चरा ठोक्किएको आशंकमा एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाज काठमाडौं फिर्ता भएको हो।
उक्त जहाजले १ बजेर ४५ मिनेटमा बैंग्लोरका लागि उडान भरेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जहाज केहीबेरअघि विमानस्थलमा अवतरण गरिसकेको छ।
प्रतिक्रिया