एमालेलाई माओवादीको जवाफ : संसदमा आफ्नो कुरा राख्न पाइन्छ

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरू उठान गर्न पाइने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधबाररको प्रतिनिधिसभाको बैठकको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि संसदमा समय माग गरी बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताएका हुन्।

उनले संसदलाई व्यवस्थित रूपमा अघि बढाउने कुरा भइरहँदा प्रमुख प्रतिपक्ष दलले यस्ता विषवस्तु उठाउन नहुने बताए। उनले सार्वभौम संसदमा सांसदले आफ्ना विषयवस्तु राख्न पाउने भन्दै संसदलाई व्यवस्थित रूपमा लैजानुपर्नेमा जोड दिए।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरूले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। सत्तारूढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद चल्न नदिने अडान लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर