सिलिन्डर पड्केर घाइते वृद्धको सेनाकाे हेलिकाेप्टरमार्फत उद्धार

दार्चुलाको नौगाड गाउँपालिका-३, जामिरमा सिलिन्डर ग्यास पड्कँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते भएका छन्।

बुधबार बिहान ७:३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते भएपछि उनलाई तत्काल गोकुलेश्वर अस्पताल ल्याइएको थियो।

आगलागीमा परी गम्भीर घाइते भएका वृद्धको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकाेप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *