जडिबुटीको उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउनेछु : वनमन्त्री महतो

नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले जडिबुटीको उत्पादनमा जोड दिई विदेश निर्यातका लागि सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले सो प्रतिबद्धता जनाएका हुन्।

उनले कुहिएर जाने काठहरूलाई अब व्यवस्थित गर्ने कुरामा विशेष ध्यान दिने पनि बताए। उनले नेपालमा कुहिएर जाने काठहरूको कानूनअनुसार विदेश निर्यात गर्ने वा स्वदेशमा नै खपत गर्न सक्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाए।

उनले वन मन्त्रालयमा रहेका हाइड्रोपावरका विषयमा अल्झिएका प्रक्रियाहरूलाई सहजीकरण गर्ने कुरामा आफ्नो ध्यान रहने बताए।

मन्त्री महतोले वातावरणमा असर गर्ने उद्योगहरूलाई निगरानी गरी कुनै असर नपर्ने गरी सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए। उनले आफू मन्त्रालयमा रहुन्जेलसम्म भ्रष्टाचार हुन नदिने र कुनै प्रलोभनमा परेर काम नगर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *