भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति बनाउन रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका हुन्।

उनले अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसदले विशेष समिति बनाउनुपर्ने बताए। उनले यस प्रकरणमा नाम आएकाहरू सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति जनाए।

उनले नाम मुछिएकाहरू सबैसँग बयान लिन पनि माग गरे। उनले प्रकरणमा नाम मुछिएकाहरूलाई छानबिन गर्न सरकारले खुट्टा कमाएको भन्दै खुट्टा नकमाउन आग्रह गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर