सरकारकाे नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

सरकारले संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा. विमला राई पौड्यालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति कार्यक्रममाथि सांसदले राखेका जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १:१ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *